झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापा । भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको बीउ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बीउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

प्रहरीका अनुसार ९४ वटा बोरामा तीन हजार ९२० केजी खर्बुजाको बीउ बरामद गरिएको छ । उक्त बीउ भद्रपुर भन्सार कार्यालय झापामा पठाइने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =