पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ ।

पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

पहिलोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ ।

लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको नायव उपरीक्षक त्वातीले जानकारी दिए । कोरिडोरको वैकल्पिक सडक नहुँदा सडक नखुल्दासम्म यात्रु त्यही रहनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =