अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?
२०८३ असार २८ गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १५२ रुपैयाँ ८३ पैसा रहेको छ ।
त्यसैगरी युरो एकको मूल्य १७३ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १७४ रुपैयाँ ६५ पैसा रहेको छ । आइतबार पाउण्ड एकको मूल्य २०४ रुपैयाँ रहेको छ भने जापनिज येन १० को मूल्य ९ रुपैयाँ ४५ पैसा रहेको छ ।
कतारी रियल एकको मूल्य ४१ रुपैयाँ ९४ पैसा रहेको छ भने कुवेती दिनार एकको मूल्य ४९६ रुपैयाँ ६० पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८३ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








