राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

शुक्रवार राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ र सहकारी (पहिलो संशोधन) विधेयक २०८३ प्रमाणीकरण गरेको जानकारी सांसदहरूलाई गराएका हुन् ।

सभामुख अर्यालले भने ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूद्वारा नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ । प्रमाणीकरण मितिस् २०८३/३/२५ । सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ । प्रमाणीकरण मितिस् २०८३/३/२५ । सहकारी (पहिलो संशोधन) विधेयक २०८३ । प्रमाणीकरण मिति: २०८३/३/२५ । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ । प्रमाणीकरण मितिस् २०८३/३/२५ । प्रमाणिक गर्नुभएको पत्र राष्ट्रपति कार्यालयबाट आएको छ ।’

उक्त सबै विधेयकहरू राष्ट्रपति पौडेलले यही असार २५ गते बिहीबार प्रमाणीकरण गर्नुभएको पनि राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =