त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गर्ने व्यक्ति पठाओ चालक
२०८३ असार २५ गते

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्ति पठाओ चालक रहेको पाइएको छ ।
नगरप्रहरीले मोटरसाइकलमा ह्वील लक गरिदिएपछि आवेशमा आएर उनले आत्मदाहको प्रयास गरेका थिए । उनी मुगुको सोरु गाउँपालिका वडा नं. ०१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् ।
उनले राहदानी विभागको ३ नम्बर गेट नजिकै आफ्नो शरीरमा आगो लगाएका थिए । उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए ।
आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका उनको वीर अस्पतालमा उपचार जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८३ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








