साना तथा मझौला व्यवसायीले अनुदानबारे जानकारी नै पाउँदैनन्: अनुश्का श्रेष्ठ

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले यथेष्ट जानकारीको अभावमा नागरिकले सरकारले उपलब्ध गराएको अवसर पनि उपयोग गर्नबाट वञ्चित हुनु परेको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको अवसरको कमी नभएको तर सामान्य नागरिकले त्यसको जानकारी नपाउँदा समस्या हुने गरेको पनि स्पष्ट पारिन् ।

सांसद श्रेष्ठले सरकारको नीतिबारे नागरिकले जानकारी पाए, नपाएकोबारे गम्भीर समीक्षा गरेर सोहीअनुसार कार्यक्रम बनाएर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले साना तथा मझौला सबै व्यवसायीले अनुदान पाइन्छ भन्ने जानकारी नपाउँदा उनीहरूमध्ये धेरैजसो उक्त अवसर लिनबाट वञ्चित भएको दृष्टान्त पेस गर्दै नागरिकलाई राज्यले दिने अवसरबारे जानकारी गराउने कुरामा सरकारले आफ्नो क्षमता बढाउनुपर्ने पनि बताइन् ।

सांसद श्रेष्ठले भनिन् ‘नेपालका साना तथा मझौला उद्योग हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । नेपालको करिब ९८ प्रतिशत व्यवसाय यही व्यवसाय हुन, जसले अर्थतन्त्रमा करिब २२ प्रतिशत योगदान पुर्याएको छ । सरकारले पनि यसमा राम्रो नीति ल्याइरहेको अवस्था छ । तर आज हामीले कुनै उद्यमीलाई उद्यम गर्न चाहने युवा, महिला अथवा गरिरहनु भएकोलाई सोध्यो भने कि सरकारबाट तपाईँले पाउनु हुने अनुदान, तालिम, सर्पोट सिस्टम कसरी लिइरहनु भएको छ भनेर सोध्दाखेरि जवाफ आउने गरेको छ–के पाउँछौँ, इन्फरमेशन पाउन नै गाह्रो छ । हाम्रो चुनौती यही नै हो । नेपालमा अवसरको कमी हुँदै होइन । अवसरको जानकारी पहुँच भने अझ पनि सीमित छ । अव हामीले नीति बनाउनेसँगै नीति नागरिकसम्म पुर्याउने क्षमता पनि विकास गर्नु पर्दछ । नियमित रूपमा नागरिकले सरकारको योजनाबारे कसरी जानकारी पाईरहेका छन् भनेर गहन समीक्षा गर्न जरुरी छ ।’

सांसद श्रेष्ठले सरकारले आफ्ना नीतिहरू नागरिकसम्म पुर्याउने क्षमता पनि विकास गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + thirteen =