शैक्षिक कन्सल्टेन्सी स्थापना र शाखा कार्यालय खोल्न २५ लाख धरौटी राख्नुपर्ने

काठमाडौँ । सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

शक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नयाँ नियमावलीसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कडा मापदण्ड लागू हुने भएको छ ।

उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमाली ल्याइएको हो । नेपालमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूका लागि नयाँ मापदण्ड लागू हुनेछ ।

हालसम्म शैक्षिक कन्सल्टेन्सीहरु २०६८ सालदेखि निर्देशिकाकाे भरमा सञ्चालित थिए । विदेशी कलेजहरु पनि २०५९ सालदेखि निर्देशिकाबाट स्थापना र सञ्चालन हुँदै आएका थिए ।

सरकारले स्वीकृत गरेको नयाँ नियमावलीअनुसार शैक्षिक कन्सल्टेन्सी स्थापना र शाखा कार्यालय खोल्नका लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ । साथै प्रत्येक आर्थीक बर्षमा शिक्षा मन्त्रालयमा शैक्षिक कन्सल्टेन्सी नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा कलेज स्थापना गर्न पनि २५ देखि ३५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ । स्नातक तहका लागि ३५ र स्नातकोत्तर तहका लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने पारित नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =