सरकारले गैरआवासीय नेपाली नागरिकताको प्रयोग गर्ने कुरामा गम्भिरतापूर्वक काम गरिरहेको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपालीले लिएको नागरिकतालाई व्यवहारिक रूपमा प्रयोग ल्याउने विषयमा सरकारले काम गरिरहेको बताएका छन् ।

संविधान र कानुन बमोजिम उनीहरूले नागरिकता लिएपनि त्यसको प्रयोग हालसम्म पनि नभएकाले सरकारले त्यसको प्रयोगको विषयमा गम्भीरतापूर्वक काम गर्नुपरेको मन्त्री खनालको स्पष्टीकरण थियो ।

मंगलवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले संविधानले सुनिश्चित गरेका गैर आवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेकको नागरिकता दिने काम सरकारले गरेको पनि स्पष्ट पारे ।

उनले भने ‘नेपालको संविधानले दक्षिण एशियाभन्दा बाहिर रहेका तीन पुस्ता भित्र रहेका नेपाली गैर आवासीय नागरिकता प्रदान गर्न सकिने र त्यसले राजनीतिक अधिकार बाहेक सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने कुरा नेपालको संविधानले नै सुनिश्चित गरेको छ । र त्यसै अनुसार नेपालमा नागरिक कानुन पनि छ । र धेरै नेपालीहरूले त्यो नागरिकता लिइसकेको पनि अवस्था हो । हाललाई त्यो नागरिक प्रयोगमा आउन सकेको छैन । त्यसमा भने हामीले काम गर्नुपर्नेछ । संविधान र कानुनले दिएको अधिकारमार्फत लिएको नागरिकताको परिचय पत्रले व्यवहारिक समस्या समाधान गरेको छैन । अहिले हामीले गर्नुपर्ने भनेको संविधान र कानुनमार्फत प्राप्त भएको अधिकार बमोजिम पाएको जुन नागरिकता छ । त्यसलाई परराष्ट्र मन्त्रालयले अहिले गम्भीरतापूर्वक काम गरिराखेको छ । व्यवहारिक प्रयोगमा ल्याउनुपर्ने विषय छ ।’

मन्त्री खनालले गैरआवासीय नेपाली नागरिकता प्रयोगमा ल्याउने कुरामा ढिलाइ नभएको पनि स्वीकार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =