मुलुकको मुद्रास्फीति ५.५ मा सीमित हुने प्रक्षेपण (पूर्णपाठसहित)

काठमाडौं । सरकारले यस वर्ष मुलुकको मुद्रास्फीति ५.५ मा सीमित हुने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेलले आज आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
पश्चिम एसियामा बढेको राजनीतिक तनावका कारण इन्धनको मूल्य बढेर मुद्रास्फीति चाप बढेपनि युद्धविरामले हाल अवस्था सहज हुँदै गएको उनले बताएका छन् । सरकारले यस आधारमा सो प्रक्षेपण गरेको हो ।
त्यस्तै, नयाँ मौद्रिक नीतिमा यसअघि अवलम्बन गरिएको लचिलो नीतिलाई पनि निरन्तरता दिएको गभर्नर पौडेलले बताए । सार्वजनिक मौद्रिक नीतिले सर्वसाधारण निक्षेपकर्ता, ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुनेगरि नीतिगत सुधारमा जोड दिएको गभर्नर पौडेललेको दाबी छ ।
त्यस्तै, सार्वजनिक मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य लिएको छ । मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिएको बताउँदै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना र समायोजन गर्न सहज व्यवस्था आगामी आवको मौद्रिक नीतिले गरेको बताए ।
पूर्णपाठ:








