मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुई दिने अभिमुखीकरण

काठमाडौं । पुरातत्त्व विभागले सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाको गैरकानुनी रूपले हुने निकासी रोकथामका लागि दुई दिने चेतनामूलक अभिमुखीकरण सुरु गरेको छ ।

सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाको क्षेत्रमा काम गर्ने निकायका लागि आजदेखि सुरु भएको कार्यक्रम बुधबारसम्म चल्ने विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिए ।

कार्यक्रममा सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाका चोरी निकासीका विषयमा केन्द्रित भएर तयार पारिएका छ वटा प्रस्तुतिकरण गरिने उनले बताए ।

समारोह शुभारम्भ गर्दै विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले चोरी भएका मूर्तिमध्ये ४०९ वटाको निवेदन प्राप्त भएको जानकारी दिए ।

चोरीमध्ये ९६ वटा देशभित्रबाट प्राप्त भएको छ । विदेशबाट २०३ फिर्ता भएका छन् । ९५ वटा मूर्ति विदेशबाट फिर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए ।

चोरी भएका मूर्ति सम्बन्धित स्थानमै प्रतिस्थापन गर्न विभिन्न खालका चुनौती भएकाले त्यसलाई सम्बोधन गर्न कार्यविधि तयार पारिएको विभागले जनाएको छ ।

कार्यालयले तयार पारेको मस्यौदामाथि बुधवार सरोकार भएका निकायबीच छलफल गरी अन्तिम रूप दिइने महानिर्देशक प्रधानाङ्गले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =