सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार ४०० र चाँदी  ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला  दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य  चार हजार ५५५ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५८५ प्रतितोला कायम भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =