श्रीलङ्काको कारागारमा भएको झडपमा १९ जनाको मृत्यु, ५० जना घाइते

काठमाडौं । श्रीलङ्काको पश्चिमी सहर नेगोम्बोस्थित कारागारमा भएको झडपमा १९ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइतेहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । आइतबार दिउँसो करिब १ बजे कैदीका दुई समूहबीच झडप भएपछि घटना सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः हिंसा भड्किएको बताइएको छ ।

मृतक तथा घाइतेमध्ये कारागारका अधिकारी र सुरक्षाकर्मीहरू पनि रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =