गोल्डेन बुटको दौड रोचक बन्दै, मेस्सी–एमबाप्पे–हालान्ड समान ७ गोलसहित शीर्षस्थानमा
२०८३ असार २२ गते

काठमाडौं। फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ।
प्रतियोगिताको नकआउट चरण जारी रहँदा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी, फ्रान्सका स्टार किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड समान ७–७ गोलसहित शीर्ष स्थानमा रहेका छन्।
गोल संख्यामा तीनै खेलाडी बराबरीमा रहे पनि गोल्डेन बुटको आधिकारिक टाइब्रेकरमा एमबाप्पे अगाडि छन्। उनीसँग ७ गोलसँगै २ असिस्ट छन् भने मेस्सी र हालान्डले समान ७ गोल गरे पनि असिस्ट गरेका छैनन्।
खेल खेलेको समयका आधारमा पनि निर्णय गरिने फिफाको नियम छ। यी खेलाडीहरुको अन्य खेलहरू हुन अझै बाँकी रहेकाले यी तीनै खेलाडीले आफ्नो गोल संख्या अझ बढाउने अवसर पाउनेछन्।
त्यसैले गोल्डेन बुटको प्रतिस्पर्धा अन्तिम चरणसम्म रोमाञ्चक रहने अपेक्षा गरिएको छ।
२०८३ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








