जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
२०८३ असार २१ गते

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताए छन् । तनहुँको दमौली र दुलेगौँडामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तासँग छलफल गर्दै उनले तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गरे ।
मन्त्री लम्सालले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए । उनले तनहुँका लागि रु चार अर्बको बजेटको सीमामा रहेर सडक र पुलको योजना ल्याउन सरोकार भएकाहरूलाई आग्रह गरे ।
छलफलका क्रममा रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको विकास, निर्माणका विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराए ।
२०८३ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








