कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई

काठमाडौं । कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालद्वारा कमलराज रेग्मीका नाममा स्थापित उक्त पुरस्कारबाट शाक्यलाई प्रदान गरिएको हो ।

उनलाई रु ५१ हजार नगद, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ । प्रतिष्ठानका संरक्षक वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले सो पुरस्कार स्थापना गरेका हुन् ।

उक्त पुरस्कारबाट हालसम्म साहित्यकार झपेन्द्र जिसी, वैधराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालका प्रमुख डा रचेल कारख र साहित्यकार मोहन दुवाललाई पुरस्कृत गरिसकिएको प्रतिष्ठानका अध्यक्ष पुस्करराज रेग्मीले बताए ।

पाल्पाको इतिहासमा शिक्षा साहित्य र राजनीतिको क्षेत्रमा स्वर्गीय कमलराज रेग्मीको योगदान अमूल्य रहेको अध्यक्ष रेग्मीले बताए । उनले भने, “उहाँ २००७ सालका क्रान्तिका कमान्डर हुनुहुन्थ्यो । उहाँका नाममा यहाँ पुरस्कार राशी स्थापना हुनु पाल्पाका लागि गौरवको विषय हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =