फिफा बिश्वकपः प्रि–क्वाटरफाइनलको समीकरण पुरा

काठमाडैं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अब प्रि–क्वाटरफाइनल (अन्तिम १६) को समीकरण पूर्ण भएको छ । नकआउट चरणका रोमाञ्चक खेलपछि अन्तिम १६ मा पुगेका टोली र उनीहरूका प्रतिद्वन्द्वीको टुंगो लागेका छन् ।

अब अन्तिम १६ मा पाराग्वे–फ्रान्स, क्यानडा–मोरक्को, पोर्चुगल–स्पेन, अमेरिका–बेल्जियम, ब्राजिल–नर्वे, मेक्सिको–इङ्ग्ल्यान्ड, अर्जेन्टिना–इजिप्ट र स्विट्जरल्यान्ड–कोलम्बिया बीच प्रतिस्पर्धा हुनेछ। विजयी हुने आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

यसपटकको विश्वकपमा परम्परागत शक्तिशाली टोलीसँगै केही नयाँ र अप्रत्याशित टोलीले पनि अन्तिम १६ मा स्थान बनाएपछि प्रतियोगिता अझ रोमाञ्चक बनेको छ । पाराग्वेले जर्मनीलाई, मोरक्कोले नेदरल्यान्ड्सलाई तथा इजिप्टले अस्ट्रेलियालाई स्तब्ध पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। यसले उपाधि दौडलाई अझ रोचक बनाएको छ ।

अबको चरणमा पोर्चुगल–स्पेन, मेक्सिको–इङ्ग्ल्यान्ड र अर्जेन्टिना–इजिप्टबीचको भिडन्तलाई सबैभन्दा आकर्षक खेलका रूपमा हेरिएको छ भने ब्राजिल, फ्रान्स र अर्जेन्टिना जस्ता उपाधि दाबेदार टोलीहरू कठिन यात्रामा अघि बढ्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =