ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २८ बर्षीया महिलाको मृत्यु

उदयपुर । मदन भण्डारीमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ फुस्रे अधेरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

गाईघाटबाट उदयपुरगढी–३ तर्फ गइ रहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरगढी गाउँपालिका–३ बस्ने वर्ष २८ की मुना विकको उपचारका क्रमा जिल्ला अस्पताल उदयपुरमा मृत्यु हो ।

प्रदेश–०१–००८६प९०७६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका मोटरसाइकल चालक यमबहादुर विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते चालक यमबहादुरको भने हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–१ का खड्गबहादुर खड्कालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =