बिहेको रथले किच्दा १३ वर्षीया बालिकाको मृत्यु

धनुषा । मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित भइ किचिएर स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको मृत्यु भएको छ ।

उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गए राति मटकोर विधि सञ्चालन भइरहेको थियो । सोही क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बर को विहेको रथको ब्रेक अचानक फेल भई रथ अनियन्त्रित रुपमा विवाह समारोहमा पसेको थियो ।

विवाह समारोहमा रथ प्रवेश गर्दा स्थानीय विकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया घाइते भइ प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले रथ नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =