तुलसीपुरको पिरगाउँ प्राथमिक विद्यालय पुनः सञ्चालनमा
२०८३ असार १८ गते

फाइल फोटो
दाङ । तुलसीपुर उपमहानगरपालिका–११ स्थित पिरगाउँ प्राथमिक विद्यालय पुनः सञ्चालनमा आएको छ ।
उक्त विद्यालय न्यून विद्यार्थी भएकै कारण २०७६ सालमा बन्द भएको थियो । स्थानीयले पुनः विद्यालय सञ्चालन गर्न माग गरेपछि हालैदेखि विद्यालय सञ्चालनमा आएको हो । हाल विद्यालयमा ३६ जना विद्यार्थी रहेको प्रधानाध्यापक रमा बस्नेतले बताइन् ।
विद्यालयमा हाल कक्षा २ सम्म सञ्चालनमा छ । त्यसैगरी विद्यालयमा एकजना प्राथमिक तहका स्थायी शिक्षक तथा बाल विकासका दुईजना शिक्षक कार्यरत छन् ।
२०८३ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








