बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो

काठमाडौं। सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार सिएटलमा भएको रोमाञ्चक खेलमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको हो ।

खेलको नायक बनेका युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। उनले ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएका थिए भने १२०.५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

अब बेल्जियमले जुलाई ६ मा सिएटलमै हुने अन्तिम १६ को खेलमा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यो जितसँगै बेल्जियम संघर्षपूर्ण शैलीमा अन्तिम १६ मा पुगेको छ भने दुई गोलको अग्रता जोगाउन नसकेको सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =