१४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो, पेट्रोलियम पदार्थको बिक्री सहज

काठमाडौं । काठमाडौँका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै बजारमा देखिएको इन्धन आपूर्ति सम्बन्धी समस्या समाधान भएसँगै ती पम्पहरू पुनः सञ्चालनमा आएका हुन्।
मूल्य घटेलगत्तै देशभरका विभिन्न पेट्रोल पम्पहरूले उपभोक्तालाई तेल वितरण नगरेको र कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन् । मन्त्रीको निर्देशन लगत्तै निगमको टोलीले काठमाडौँ र पोखराका विभिन्न पम्पहरूमा आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा पम्पले तेल नभएको भन्दै वितरणनै ठप्प पारेको थियो । ति १४ वटा पम्पमा निगमले तत्कालका लागि तालाबन्दी गरेको थियो। पम्प सञ्चालकहरूले आफ्नो पम्पमा तेलनै नभएको जानकारी गराएपछि निगमले पनि जाच गरेको र तेल नभेटिएको पाइएपछि पुनः इन्धन उपलब्ध गराएसँगै बन्द गरिएका सबै पम्पहरूमा लगाइएको ताला खोलिएको हो।
नेपाल आयल निगमका अनुसार अहिले बजारमा इन्धनको कुनै अभाव छैन र सबै पेट्रोल पम्पहरूबाट पहिलेकै अवस्थामा सहज रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ।
यस्ता छन् बन्द गरेर खुलेका पम्पहरुको नामवली
सिता फ्यूल महाराजगंज, काठमाडौं
थ्रि ब्रदर्श, नयाँ बानेश्वर, काठमाडौं
पश्चिमाञ्चाल ट्रेडर्स प्रा.लि., पोखरा
पृश्वीराजमार्ग पेट्रोलियम प्रा.लि, पोखरा
हरिसिद्धि आयल स्टोर, मिनभवन, काठमाडौं
भ्याली बाबा सप्लायर्स प्रा.लि.गौरीगाउँ, काठमाडौं
एलाइट फ्यूल सेन्टर, सुकेधारा, काठमाडौं
मैतिदेवि आयल स्टोर, मैतिदेवि, काठमाडौं
श्री ओम पेट्रोलियम ट्रेडर्स, चौथी, पोखरा
बृहस्पति आयाल डिस्ट्रीब्यूटर, नयाँ बजार, पोखरा
कमला आयाल स्टोर्स, पृथ्वीचोक, पोखरा
अन्नपूर्ण आयाल डिस्ट्रीब्यूटर , विरौटा, पोखरा
बसुन्धारा आयल स्टोर्स, बसुन्धारा, काठमाडौं
दिव्य सप्लायर्स, बसुन्धारा, काठमाडौं








