राष्ट्रियसभाबाट सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसहमतिले पारित गरेको छ ।

राष्ट्रियसभा सदस्य रेणु चन्दले प्रस्तुत गर्नुभएको ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव’लाई सर्वसहमतिले पारित गरेको हो ।

सो प्रस्तावमा उल्लेखित प्रस्तावको प्रभावकारी कार्यान्वयनका प्रगति हरेक तीन महिनामा सभा समक्ष पेस गर्न सभाध्यक्ष नारायणप्रसाद दाहालले निर्देशन दिए । प्रगतिको अनुमगन गर्न समेत सम्बन्धित समितिलाई उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =