थमन विक हत्या प्रकरणमा एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद सजाय
२०८३ असार १७ गते

काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा एमाले नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो (कोइरी) लाई उच्च अदालत जनकपुरले दोषी ठहर गरेको छ । उच्च अदालत जनकपुरले यसअघि महोत्तरी जिल्ला अदालतको फैसला उल्टाउँदै कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार यस्तो फैसला सुनाएको हो । जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मापक्षलगायतले उच्च अदालतमा दायर गरेको पुनरावेदन उपर अदालते सजाय सुनाएको हो ।
२०७२ भदौ २५ मा भएको असई विक हत्या प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
२०८३ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








