सम्पादक मिश्रलाई चार महिना कैदको फैसला

काठमाडौं । जिल्ला अदालतल काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिक तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैद हुने फैसला गरेको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैदका साथै रु एक हजार जरिवाना र रु दुई लाख ५० हजार क्षतिपूर्ति माग गर्ने फैसला गरेको हो ।

अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा तत्कालीन सम्पादकसहित राजधानी दैनिक पत्रिकालाई पनि रु दुई लाख ५० हजार क्षतिपूर्ति माग गर्ने आदेश गरेको छ ।

राजधानी दैनिकले २०८० साल साउन ६ गते प्रकाशन गरेको ‘सेनाका कानुनतर्फका तीन कर्नेलको मनपरी’ विषयक समाचारले चरित्रहत्या गरेको भन्दै शोभा कार्कीले गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले उक्त फैसला गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =