राष्ट्रिय हितको विषयमा सरकारको रवैया शङ्कास्पद छ: माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शङ्कास्पद रहेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

सहसंयोजक नेपालले विदेशी शक्तिहरूले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दै त्यसप्रति सतर्क भएर अघि बढ्ने काम पनि नेपालका कम्युनिष्ट पार्टीहरूले नै गर्नुपर्ने आवश्यकता औँल्याए ।

विदेशीहरूले देशमा हालीमुहाली नचलाउन, राष्ट्रिय हितमा कुठाराघात नगरुन् र हाम्रो छिमेकीहरूका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन भन्ने कुरामा नेपालमा कम्युनिष्ट पार्टीहरूले सतर्कता अपनाएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

सहसंयोजक नेपालले जनताको अधिकार कुठाराघात गर्ने कोसिसहरू भइरहेको पनि बताए ।

उनले भने ‘विदेशीहरूले देशमा हामीमुहाली नचलाउन् । हाम्रो राष्ट्रिय हितमा कुठाराघात नगरुन् । र हाम्रो छिमेकीहरूका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन् । यसमा हामीले बहुमत सतर्क हुनुपर्दछ । वर्तमान सरकारको यस सन्दर्भमा रवैया शङ्कास्पद छ । जसरी विदेशी शक्तिहरू चलखेल गर्न खोजिरहेका छन् । त्यसप्रति हामी सबभन्दा पहिला सतर्क हुनुपर्दछ । सँगसँगै जनताका अधिकारहरूमाथि कुठाराघात गर्ने अनेकखालका कोसिसहरू भई रहेका छन् । त्यसो हुनाले लोकतन्त्र जोगाउन, गणतन्त्रको रक्षा गर्न पनि कम्युनिस्टहरूले नै अग्रसरता लिनुपर्दछ ।’

सहसंयोजक नेपालले लोकतन्त्रको रक्षा र गर्न गणतन्त्र जोगाउन पनि नेपालमा कम्युनिष्ट पार्टीहरूले अग्रसरता दिनुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =