गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ

काठमाडौं । गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा काठमाडौँको साविक मातातिर्थ गाविस–७ की ४७ वर्षीया चेतन एएम पौडेल पक्राउ परेकी छिन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगरपालिका–८ स्थित एक स्वास्थ्य संस्थाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चन्द्रागिरी–८ मा सञ्चालित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’मा पौडेल आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गर्दै आएको र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रबिनै बिरामीको आधुनिक चिकित्सा पद्धतिअनुसार निदान तथा उपचारमा संलग्न रहेको खुलेको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तरगत इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =