बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक

बाजुरा । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधवार बजेट प्रस्तुत गरेका छन् ।

उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँ सभामा सार्वजनिक गरेका हुन् ।

बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापाले आव २०८३/८४ का लागि ५१ करोड ६९ लाख १९ हजारको बजेट सभामा प्रस्तुत गरेकी छन् ।

बुढीगङ्गा नगरपालिकाकी उपप्रमुख माया खड्का (कुँवर) ले आव २०८३/८४ का लागि रु ५६ करोड ५७ लाख १४ हजार बजेट सभामा पेस गरिन् ।

त्रिवेणी नगरपालिकाले रु ५४ करोड ९५ लाख ७२ हजारको बजेट सभामा प्रस्तुत गरे ।

सभामा नगर उपप्रमुख कमलाकुमारी जैशी (न्यौपाने) ले चालुतर्फ रु ३५ करोड १८ लाख ४४ हजार र पुँजीगततर्फ रु १९ करोड ७७ लाख २८ हजार बजेट जाहेर गरेकी हुन् ।

बुढीनन्दा नगरपालिकाले पनि रु ५७ करोड छ लाख ९६ हजार बजेट सभामा प्रस्तुत गरेका छन् ।

नगर उपप्रमुख रामबहादुर बोहराले चालुतर्फ ३७ करोड ९४ लाख ४८ हजार र पुँजीगततर्फ रु १९ करोड, आठ लाख ४८ हजार विनियोजन गरेका हुन् ।

हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीले आव २०८३/८४ का लागि रु ४३ करोड ६८ लाख ३९ हजार बजेट पेस गरे ।

उनले पुँजीगततर्फ रु १८ करोड एक हजार र चालुतर्फ रु २५ करोड ६८ लाख २१ हजार प्रस्तुत गरेका हुन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी (बुढा) ले रु ४४ करोड १६ लाख दुई हजार बजेट गाउँ सभामा प्रस्तुत गरेका छन् ।

जगन्नाथ गाउँपालिकाले रु ३८ करोड ६३ लाखको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले चालुतर्फ रु २३ करोड ६८ लाख १० हजार ५०० र पुँजीगततर्फ रु १४ करोड ९४ लाख ९० हजार ५०० विनियोजन गरेको छ ।

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष विसुदेवीनाथले आव २०८३/८४ का लागि सभामा रु ५३ करोड १५ लाख ६९ हजारको बजेट पेस गरेका छन् ।

गौमूल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले आव २०८३/८४ का लागि रु ४० करोड ३१ लाख २९ हजार बजेट गाउँ सभामा प्रस्तुत गरिन् ।

थापाले गाउँ सभामा चालुतर्फ रु २८ करोड ६० लाख २७ हजार र पुँजीगततर्फ रु ११ करोड ७१ लाख दुई हजारको बजेट पेस गरेको हो ।

सभामा प्रस्तुत गरिएका सबै स्थानीय तहका बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायतमा जोड दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =