इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

एजेन्सी । इरान र अमेरिकाबीच केही समयदेखि रोकिएको प्राविधिक तहको वार्ता आगामी जुन ३० (मंगलवार) देखि पुनः शुरु हुने भएको छ ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर एन्द्राबीले बुधवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

प्रवक्ता एन्द्राबीकाअनुसार शान्ति समझदारी पत्रको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पाकिस्तान र कतारले आगामी हप्ताहरूमा अमेरिका र इरानका प्राविधिक टोलीहरूसँग निरन्तर संवाद र सहकार्य जारी राख्नेछन् ।

यसअघि स्विट्जरल्याण्डमा सम्पन्न इरान–अमेरिका वार्ताको पहिलो सत्र र शान्ति समझदारीले विवाद तथा द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कुटनीति र संवाद नै सबैभन्दा प्रभावकारी माध्यम रहेको विश्वासलाई पुनः स्थापित गरेको प्रवक्ताले उल्लेख गरे ।

क्षेत्रीय शान्ति प्रवद्र्धन, संवाद र तनाव न्युनिकरणका लागि पाकिस्तानले निर्वाह गरेको रचनात्मक भुमिकालाई लिएर विभिन्न मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूले गरेको सकारात्मक प्रशंसाको उनले स्वागत गरे ।

साथै, पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गर्ने सबै साझेदार राष्ट्रहरूप्रति प्रवक्ताले कृतज्ञता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =