बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

हुम्ला । हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् ।

लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।

जिल्लाको सिमकोट गाउँपालिका–१ का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताए ।

सिमकोट गाउँपालिका–२ का किसान रुप्सी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र यहाँ खाद्यान्न सङ्कट पर्नसक्ने बताए ।

जिल्लाको सबैभन्दा बढी अन्न उत्पादन हुने सर्केगाड गाउँपालिका–२ रिपगाउँका किसानसमेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =