रास्वपा महाधिवेशनमा ज्ञवालीमाथि भएको ‘हुटिङ’प्रति शंकर पोखरेलको आपत्ति

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटन समारोहमा एमालेका नेता प्रदीप ज्ञवालीले सम्बोधन गरिरहँदा गरिएको ‘हुटिङ’प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पोखरेलले ज्ञवालीको मन्तव्य राजनीतिक रूपमा परिपक्व र शालीन रहेको उल्लेख गर्दै त्यसप्रति गरिएको हुटिङको औचित्यमाथि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, “रास्वपाको महाधिवेशनमा पार्टीका तर्फबाट प्रदीपजीले दिनुभएको मन्तव्य पूर्णतः राजनीतिक र शालीन थियो, त्यसमा हुटिङ किन ?”

आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा ज्ञवालीले शुभकामना मन्तव्य दिने क्रममा सहभागीहरूको एक समूहले हुटिङ गरेको थियो ।

रास्वपाको निमन्त्रणाअनुसार एमालेको प्रतिनिधित्व गर्दै ज्ञवाली उद्घाटन समारोहमा सहभागी भएका थिए । उक्त घटनापछि पोखरेलले सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै राजनीतिक कार्यक्रमहरूमा शालीनता र सहिष्णुताको आवश्यकता औँल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =