हर्क साम्पाङको टिप्पणीः ‘अब नयाँ राष्ट्रपति बाबुराम बन्न सक्छन्’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अब देशको नयाँ राष्ट्रपति बन्न सक्ने टिप्पणी गरेका छन् ।

साम्पाङले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी भएर सम्बोधन गरेपछि सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले छोटो टिप्पणी गर्दै, ‘अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् !’ लेखेका छन् ।

साम्पाङको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । उनले यस्तो टिप्पणी किन गरे भन्नेबारे थप स्पष्ट पारेका छैनन् ।

यद्यपि, पछिल्लो समय बाबुराम रास्वपासँग नजिक छन् । उनी प्रधानमन्त्री बालेन र रास्वपाका सभापति रवि लामिछानेलाई समर्थन जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =