वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

काठमाडौँ । कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार कुँवरविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । घटनाबारे थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको उनले बताए ।

प्रहरीका अनुसार कुँवर र वडाध्यक्ष देवकोटाबीच भएको विवादको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ । भिडियोमा दुवै पक्षबीच भनाभन तथा झडप भएको देखिएको छ ।

घटनाको वास्तविक विवरण र विवादको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =