बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव

एजेन्सी । बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई पद छोड्न राजनीतिक दवाव बढेको बेलायती सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
द अब्जर्भर र द गार्डियन ले जुन २१ मा जारी उनबारे रिपोर्टमा उनले सोमबार राजीनामा दिने घोषणा गर्ने अपेक्षा गरिएको छ ।
द अब्जर्भरले स्टार्मर निकटस्थ लेबर पार्टीका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ,“प्रधानमन्त्री स्टार्मरले ‘सम्मान कायम राख्दै प्रधानमन्त्री कार्यालयमा खालीपन नछोड्ने तर सावधानीपूर्वक तर्क र ढिलो प्रक्रिया अघि बढाउने’ योजना बनाएका छन् । ती अधिकारीले थपे, “स्टार्मरले वास्तविकता स्वीकार गरेको देखिनुहुन्छ । आफ्नो पदमा रहँदा ‘अराजकता’ रोक्न नसकिने भएकाले अब एउटै विकल्प बाँकी रहेको प्रधानमन्त्री स्टार्मर सोचेको हुनसक्ने देखिएको छ तर घोषणा गरिहाल्न देश र पार्टीप्रतिको जिम्मेवारीले अलमल गरिरहनुभएको हुनसक्छ।”
स्टार्मरमाथि असफल आर्थिक नीति र स्थानीय निर्वाचनमा भारी पराजयका कारण राजीनामा दिने दबाब बढ्दै गएको थियो । यसका साथै, यौन अपराधी जेफ्री एपस्टिनसँग निकट सम्बन्ध रहेको आरोप लागेका पूर्व वरिष्ठ सल्लाहकार पिटर म्यान्डेल्सनलाई अमेरिकाको राजदूतमा नियुक्त गरेको कारणले सङ्कटलाई थप बढाएको छ । स्टार्मरको समर्थन आधार ‘आफन्त र निकटतम साथीहरूको सानो घेरा’ मा सीमित भएको रिपोर्ट छ ।
क्याबिनेटको रक्षा नीतिको मुख्य स्तम्भ मानिनुहुने बेलायतका रक्षा मन्त्री जोन हिलील दीर्घकालीन रक्षा लगानी योजना घोषणा गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेपछि जुन ११ मा राजीनामा दिएका थिए । उनले भनेका थिए “प्रधानमन्त्रीसँग राष्ट्रिय रक्षाका लागि आवश्यक स्रोत उपलब्ध गराउने क्षमता थिएन र अर्थमन्त्रालयले पनि कुनै इच्छा देखाएन।” यो आलोचनासँगै विश्वासपात्र मानिएका मन्त्रीको राजिनामाले स्टार्मरको क्याबिनेटको स्थिरतालाई ठूलो धक्का दिएको छ ।
ग्रेटर म्यान्चेस्टरका मेयर र चर्चित उम्मेदवार एन्डी बर्नह्याम ले १९ जुनमा आफ्नो क्षेत्रको उपनिर्वाचनमा अप्रत्याशित भारी जित हासिल गरेपछि लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र बनेको छ । उनले ५४.८% मत प्राप्त गर्दै रिफर्म यूके लाई ठूलो अन्तरले हराउनुभएको थियो ।
द अब्जर्भरका अनुसार क्याबिनेट तथा प्रधानमन्त्री कार्यालयका निकट सल्लाहकारहरूसँगको छलफलपछि स्टार्मरले आफ्नो पद टिकाउने शक्ति अब नभएको निष्कर्ष निकालेका बताउने गरिएको छ ।
यसअघि सरकारका अधिकारीहरूले राजीनामाको अफवाहलाई अस्वीकार गरेका थिए, तर डेली टेलिग्राफले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “स्टार्मरलाई खेल सकिएको थाहा छ र उनले आफ्नो पदलाई कसरी सम्मानजनक बनाउने भन्ने सोचिरहनुभएको छ।”
यदि स्टार्मरले राजीनामा दिए भने बेलायतमा १० वर्षमा छैटौँ प्रधानमन्त्रीको राजीनामा आउने छ । बेलायती कानुनले आम निर्वाचनबिना नै प्रधानमन्त्री फेर्न सकिने भए पनि बारम्बार नेतृत्व परिवर्तनले देशमा राजनीतिक अस्थिरता र सङ्कटको प्रतीक रहेको चिन्ता बढ्दै गएको छ ।









