सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट । सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा फसेका १४ जना स्थानीय महिला तथा बालिकाको सकुसल उद्धार गरेको छ ।

आइतबार अपराह्न ३ः४० बजे मुमको दाल टिपेर फर्कने क्रममा बागमती नदीस्थित सो घाटको बीच भागमा रहेको अग्लो स्थानमा रही उद्धारका लागि याचना गरिरहेका ११ महिला एवं तीन बालिका गरी १४ जनाको प्रहरीले सकुशल उद्धार गरको हो ।

सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर योञ्जनको नेतृत्वमा खटिएको १७ जनाको टोलीले रवरको डुङ्गा प्रयोग गरी नदीमा फसेका सबैको उद्धार गरेको सशस्त्र प्र्रहरी बेसक्याम्प गौरका प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले जानकारी दिए । उद्धार गरिएका सबैलाई उनीहरूको घरसम्म पु¥याएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =