सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गरेको छ ।

कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ समारोहमा कम्पनी उक्त प्रतिष्ठित अवार्डबाट सम्मानित भएको हो ।

समारोहमा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । सोही अवसरमा सानिमा रिलायन्स लाइफले जीवन बीमा क्षेत्रमा पुर्‍याएको योगदान, नवीन सेवा तथा ग्राहकप्रति देखाएको प्रतिबद्धताको कदरस्वरूप ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गरेको जनाएको छ ।

अवार्ड कार्यक्रममा नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा तथा ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ ।

हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको तथा २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, कम्पनीमा १७ हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =