अमेरिका–इरान समझदारी वार्तामा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्री स्वीजरल्याण्ड प्रस्थान
२०८३ असार ७ गते

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ अमेरिका र इरानबीच हालै सम्पन्न समझदारी पत्र (एमओयू) को फलोअपका रूपमा आयोजना हुन लागेको प्राविधिक तहको वार्तामा सहभागी हुन आइतबार बिहान स्वीजरल्याण्ड प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शरीफका साथै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर समेत स्वीजरल्याण्डको बुर्जेनस्टोकमा आयोजना हुने उक्त वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ ।
जुन २१ का लागि तय गरिएको सो वार्ताका लागि प्रधानमन्त्रीको साथमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलसमेत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
२०८३ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित









