अन्तर्राष्ट्रिय योग दिवस

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

पोखरा । नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

आईतबार पर्यटकीय नगरी पोखरामा भारतीय दुतावासको आयोजनामा विशेष कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको महत्वलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई दक्ष योग प्रशिक्षकहरूद्वारा विभिन्न योगासन, प्राणायाम र ध्यानका विधिहरूका बारेमा अभ्यास गराइएको थियो ।

काठमाडौंस्थित भारतीय दुतावासले हरेक वर्ष नेपालका विभिन्न शहरहरूमा योग दिवसको अवसरमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पोखरामा आयोजित यस विशेष सत्रले योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

विश्वभर जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिए पनि यसको पूर्वसन्ध्या र साताव्यापी कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा योग शिविर र चेतनामूलक कार्यक्रमहरू भइरहेका छन् ।

पोखरामा सम्पन्न यस कार्यक्रमले नेपाल र भारतबीचको प्राचीन सांस्कृतिक सम्बन्ध र योगको साझा विरासतलाई थप मजबुत बनाएको बताइएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =