ट्राफिक कारबाहीमा एकै दिन १९ लाख ६० हजार राजस्व सङ्कलन
२०८३ असार ६ गते

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२७ जनालाई कारबाही गरिएको हो ।
२०८३ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित









