आगामी आ.व.का लागि पोखरा महानगरपालिको बजेट ७ अर्ब १५ करोड २५ लाख

काठमाडौँ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड २५ लाख बजेट सार्वजनिक गरेको छ ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रवार बजेट पेस गरेका हुन् ।
कुल बजेटको पुजिगततर्फ ४४.९ प्रतिशत र चालुतर्फ ५५.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटको खर्च व्यहोर्ने स्रोत मध्य संघीय सरकार सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख समानिकण अनुदान ४९ करोड ३७ लाख गरी वित्तीय हस्तान्तरणको ३ अर्ब १८ करोड ६० रहेको छ ।
गण्डकी प्रदेश कुल ३ अर्ब १८ करोड ६० लाख गरी वित्तीय हस्तान्तरणको रहेको छ । गण्डकी प्रदेश सरकारबाट समपुरक अनुदान ६९ लाख, विशेष अनुदान ४० लाख, समानिकरण अनुदान ८ करोड १५ लाख ३६ हजार गरी वित्तीय हस्तान्तरण रकम ९ करोड १५ लाख ३६ हजार रहेको छ । राजश्व बाडफाडबाट १ अर्ब ३१ करोड १४ हजार रहेको गुरुङले जानकारी दिए ।
आन्तरिक आयतर्फ २ अर्ब ४८ करोड ७६ लाख ९१ हजार अनसमान गरिएको छ । सडक, भवन र पूर्वाधार तर्फ १ अर्ब ६९ करोड विनियोजन गरिएको छ । पूर्वाधार, शहरी विकास र शहरी उत्थानशील तथा जीवनयापन सुधार परियोजना अन्तरगत पर्यटन पूर्वाधारका आयोजना समेका लागि २ अर्ब ८९ करोड ५५ लाख विनियोजन गरिएको छ ।
स्वास्थ्य शिक्षातर्फ २ अर्ब ९ करोड ९७ लाख विनियोजन गरिएको छ । महानगरपालिकाको प्रशासनिक तथा कार्यक्रम सञ्चालन र सशर्त बजेटसहित १ अर्ब १० करोड ५९ लाख विनियोजन गरिएको छ ।









