असार ५ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग

वि.सं. असार ०५, २०८३ । इ.सन् 19 Jun, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (तछलाथ्व) रौद्र संवत्सर उत्तरायण
ग्रीष्म ऋतु । शुक्रवार ज्येष्ठ शुक्लपक्ष । तिथि पञ्चमी, २२:२५ बजेपछि षष्ठी । नक्षत्र अश्लेषा, १५:४१ बजेपछि मघा । योगश हर्षण, २०:४० बजेपछि वज्र । करण वव, ११:१३ बजेपछि वालव, २२:२५ बजेउप्रान्त कौलव । चन्द्रराशि कर्कट । योग (आनन्दादि) मृत्यु । दिनमान १३:५० । सूर्योदय ०५:१० । सूर्यास्त १९:०० दिन विशेष :  विश्व शरणार्थी दिवस ।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् भने व्यापारमा सामान्य लाभ रहनेछ। ऋण दिनबाट बच्नुहोस। प्रतियोगी परीक्षामा विद्यार्थीहरूलाई दिन संघर्षपूर्ण रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवन साथीबाट उपहार मिल्न सक्छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो ह‍ो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन अशान्त तथा कार्यक्षेत्रमा अनुमानितभन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो वाचा नगरौँ। आकस्मिक धनहानिका योग छन्। ठूलो निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह लिनुहोस। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कामको चर्चा हुनेछ। अरुका लागि बुद्धि खर्चनुपर्ला। विद्यार्थीहरूको पढाईमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय उत्तम रहनेछ। शेयर मार्केट वा भवन निर्माण सम्बन्धी कार्यले लाभ दिनेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। परिस्थितिले स्वतन्त्रमा बाधा पुर्याउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा हतारमा कुनै निर्णय नलिनुहोला। जीवनसाथीको स्वास्थ्यलाइ लिएर सचेत रहनुहोस्। न्याय विरुद्ध कुनै कार्य नगर्नुहोला। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजमा सम्मान बढ्नेछ। व्यापारमा लाभ रहनेछ साथै सरकारी नोकरीमा रोकिएका कार्य बन्नेछन्। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० सामाजिक जीवनमा मान सम्मान बढ्नेछ। घरपरिवारमा मांगलिक आयोजनले प्रसन्नता मिल्नेछ। निजी कार्यको लागि दौडधुप धेरै रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० प्रियजनहरूबाट उपहार पाएर खुसी मिल्नेछ। यात्रा सुखमय रहनेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। साहित्यिक क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सानोतिनो कुरालाई लिएर पारिवारिक मनमुटाव रहनेछ। नयाँ निर्णय लिनुभन्दा अघि परिवारसँग सल्लाह लिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। सहकर्मीहरूले राम्रो साथ दिनेछन्। धनार्जनका नयाँ स्रोतहरू बन्नेछन्। सामाजिक दायित्वको निर्वहनमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यापारमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन्। इष्टमित्रसँगको मनमुटाव सुल्झिनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =