रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी
२०८३ असार ३ गते

कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी भएका छन् । आज यहाँ सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।
कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गरे ।
सभापतिमा पुनःनिर्वाचित भएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रुपमा चिनिन्छ ।
त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गरेका थिए । उनी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार थिए ।
२०८३ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित









