मगर समुदायको भूमे पर्व सुरु

काठमाडौँ । मगर समुदायको भूम्या ९भूमे० पर्व सोमवारदेखि सुरु भएको छ ।

भूमिको पूजा गरी मनाइने यो पर्व सोमवारदेखि सुरु भएको हो ।

रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौँमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर संघले बुधवार काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरेको हो ।

मगर समुदायले प्राकृतिक प्रकोपहरू नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =