अधिकमास समाप्त

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रोमा चन्द्र वर्ष र सौर वर्षबीचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ ।

अधिक मासमा विवाह, व्रतबन्ध तथा गृहप्रवेशजस्ता शुभ कार्य नगरे पनि जप, तप, दान, पूजा–आराधना, धार्मिक ग्रन्थको अध्ययन तथा सत्कर्म गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम भेगमा अवस्थित मन्दिरमा लाखौँले पूजा आराधना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । महिनाभर त्यहाँ भगवान् नारायणको पूजा र पुरुषोत्तममास महात्म्य वाचन एवं श्रवण भएको थियो । विसं।२०८० साउनमा अधिकमास परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =