कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ मा प्लेटिनम विजेता

काठमाडौँ । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन तर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेता भएको छ ।

बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनीय पहलको लागि उक्त सम्मान प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ । यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको हो ।

डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउन योगदान पुगेको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seventeen =