लैनचौरमा दक्षिण एशियाकै लग्जरी होटेल, मेरियट इन्टरनेशनलका अध्यक्षले गरे अवलोकन

काठमाडौं । काठमाडौंको लैनचौरमा बनिरहेको दक्षिण एशीयाकै लग्जरी होटेलको काम तिब्र गतिमा भइरहेको छ ।

मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजको रुपमा अस्ट्रेलियन व्यवसायी शेष घले यो ब्राण्ड भित्राएर निर्माण अघि बढाएका हुन् । मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो । हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा सञ्चालनमा छन् ।

यो होटल २०१३ देखि बन्न थालेपनि निर्माण अझै सकिएको छैन । लैनचौरमा बनिरहेको होटलको काम करिव ७५ प्रतिशत सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गरिने घले जानकारी दिए । करिव १३ अर्ब रुपैयाँ लगानीमा होटल तयार हुने अनुमान थियो ।

उनकाअनुसार यो होटल साउथ एशीया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुनेछ । ट्रेड मार्क रजिष्टेसनका लागि नाम दिइएको छ । अब १/२ हप्तामा आउछ ।

हाल निर्माणको काम म्यारियटकै अनुरोधअनुसार भइरहेको उनले बताए । घलेकाअनुसार निर्माणाधिन होटलको मेयरिट इन्टरनेशनको अध्यक्ष डेभिड म्यारिवटले अवलोकन समेत गरेका छन् ।

लगानीकर्ता जमुना गुरुङ घलेले होटललाई अन्तर्राष्ट्रिय स्तरको विलासी सुविधासहित तयार पार्न विशेष ध्यान दिइएको बताए । उनकाअनुसार होटललाई सुरुमा शेरेटन ब्रान्डमा सञ्चालन गर्ने योजना रहे पनि पछि ‘लक्जरी कलेक्सन’मा स्तरोन्नति गरिएपछि डिजाइन र संरचनामा व्यापक परिमार्जन गर्नुपरेको थियो ।

निर्माणका क्रममा दक्ष तथा अर्धदक्ष जनशक्ति अभावका कारण काम प्रभावित भएको उल्लेख गर्दै उनले नेपालमा हालसम्म उपलब्ध नभएका स्तरीय सेवा र सुविधासहित होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

पछिल्लो समय विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेशनलले नेपालमा व्यवसाय विस्तारलाई तिब्रता दिन खोजिरहेको देखिन्छ ।

अहिले नै मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजमा मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा अटोग्राफ कलेक्सन सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =