रास्वपा सुनसरी सभापतिमा दाहाल
२०८३ जेठ २४ गते

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । उनले १४२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए । उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरे ।
सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् । यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित भएका छन् ।
२०८३ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित








