भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत प्रस्थान गरेका लामिछानेले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको बताइएको छ ।

त्यस्तै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका थिए ।

लामिछाने नेतृत्वको टोलीमा रास्वपा सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =