आमिर खान तेस्रो विवाहका लागि तयार

काठमाडौँ । बलिउड अभिनेता आमिर खानले तेस्रो पटक विवाह गर्ने भएका छन् ।
हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार आमिरले आफ्नी प्रेमिका गौरी स्प्राटसंग विवाह गर्न लागेका हुन् ।
गौरी स्प्राट बेंगलुरुकी सैलुन उद्यमी र फेसन डिजाइनर हुन् । आमिर र उनीबीच विगत २५ वर्षदेखिको चिनजान छ । उनीहरू एक वर्षदेखि लिभ–इन पार्टनरको रूपमा बस्दै आएका थिए ।
आमिरले सन् २०२५ मा आफ्नो ६०औँ जन्मदिनमा गौरीसँगको सम्बन्धको पुष्टि गरेका थिए । गौरी हाल ४७ वर्षकी भइन् । यो आमिरको तेस्रो विवाह हो । उनले १९८६ मा रीना दत्तासँग र २००५ मा किरण रावसँग विवाह गरेका थिए । रीना दत्ता र किरण राव दुवैसंग आमिरको सम्बन्ध विच्छेद भइसकेको छ ।
आमिर खान जस्तै गौरीको पनि केही समयअघि सम्बन्ध विच्छेद भएको थियो । उनको सात वर्षको बच्चा पनि छ ।
आमिर र गौरीको विवाहमा परिवार र नजिकका साथीहरू मात्र उपस्थित हुने जनाइएको छ ।








