महोत्तरी जिल्लाका १६ कामदार भारतमा बन्धक

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेका छन् ।

बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका सो १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेका हुन् ।

बर्दिवास १४ का १७ वर्षीय मुकेश १६ वर्षीय किसन १३ वर्षीय आशिक २१ वर्षीय अमृत निजकी पत्नी २० वर्षीया किरण, ३५ वर्षीय झरी निजकी पत्नी ३४ वर्षीया लालमुनी, छोरीहरू १६ वर्षीया काजल, १३ वर्षीया साजन, छोरा नौ वर्षीय शङ्कर सदा रहेका छन् ।

३८ वर्षीय विसुनदेव, निजकी पत्नी ३५ वर्षीया महावती, छोरा १० वर्षीय अमृत, ४० वर्षीय मोहन, उनकी पत्नी ३५ वर्षीया बेचो सदा रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए।

मुसहर बस्तीका वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले निजका आफन्तहरू बन्धकमा परेको भन्दै उनीहरूलाई भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूवाससँग समन्वय, सहकार्य गरेर उद्धार गराइ दिन निवेदन दिएको गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनीहरूलाई बर्दिवास नगरपालिका–३ गौरीडाँडा बस्ने दिलीप परियारले गत चैत १३ गते आकर्षक तलब र सेवा सुविधा तथा हलुको काम रहेको प्रलोभन दिँदै भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गत हेलन गाउँमा रहेको एक कुखुरा फाराममा रोजगारीका लागि लगेका थिए ।

बन्धक परेकामध्ये २० वर्षीया किरण सदाले साहुबाट लुकेर फोन गर्दै आफूहरूलाई डरधाक र यातना दिएर राखेको, ज्याला मजदुरी नदिएको र बन्धक बनाएर राखेको प्रहरीलाई बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =