होटेलमा मदिरा पिएपछि विवाद हुँदा एकको मृत्यु
२०८३ जेठ २१ गते

फाइल तस्वीर ।
बाजुरा । बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मदिराले मातेका दुवैजनाबीच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो । घटना आज बिहानको हो ।
यसबारे जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको उनले जानकारी दिए ।
२०८३ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








